सडक दुर्घटनापछिको सुरक्षाकर्मीहरूले गरेको सो उद्धार कार्य अभ्यास नियालिरहेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्ला समन्वय समिति बर्दियाका प्रमुख श्रीबहादुर बिष्ट र गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार खनाल सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर गुलरियाका प्रमुख प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कठायत लगायत स्थानीयहरूको उपस्थित रहेको थियो।
सडक दुर्घटनापछि उद्धार कार्यको अवस्थाको बारेमा गरिएको प्रयास स्थानीयहरूले पनि गहिरिएर हेरिरहेका थिए।
पूर्व जानकारी विना हुने दुर्घटनाले पुर्याउने क्षतिको आकलन नहुने भएकाले दुर्घटना पश्चात उद्धारमा कसरी सहभागि हुने र पेशागत दक्षतालाई समयानुकुल कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा घटना अभ्यासमा देखिएको थियो ।
चाडपर्वको समयमा सडकमा सवारीको चाप बढे संगै दुर्घटना हुनसक्ने विषयलाई आकलन गरेर सुरक्षाकर्मी र स्थानीयहरुले दुर्घटना दुर्घटनापछि सम्भावित उद्धारको बारेमा देखाउँदै कसरी मानवीय क्षति कम गराउन सकिन्छ भनेर जस्ताको त्यस्तै घटना उजागर गरेर जनचेतना फैलाउने काम गरेकोमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी धन्यवादको पात्र रहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।
बर्दिया जिल्लामा सडक दुर्घटनामा गत बर्षको तथ्याङ्क हेर्दा ७५ वटा सवारी साधन दुर्घटना भएको बर्दिया ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ । गत बर्ष सडक दुर्घटनामा परि २६ जनाले ज्यान गुमाएका थिए भने सडक दुर्घटनामा ९९ जना घाईते भएका थिए । यसै आर्थिक बर्षको साउन र भदौ २ महिनाको तथ्याङ्कले ४ वटा सडक दुर्घटनामा परि ३ जनाले ज्यान गुमाएका छन् भने ३ जना घाइते भएको बर्दिया ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सडक दुर्घटना पछि उद्धार घटना अभ्यासका क्रममा देखिएको सिप र कौशलता प्रतिकार्य अभ्यासले सबै जिम्मेवार निकायको जिम्मेवारी स्पष्ट गर्न मद्दत पुगेको कुरामा घटना प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा बताइन । बास्तविक सडक दुर्घटना भयो भने कसरी समन्वय, संचार र उद्दार गर्न कसरी जुट्ने कुरा घटना अभ्यासले देखाएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो ।
सडक दुर्घटनाबाट हुन मानवीय तथा जनधनको क्षतिलाई न्युनिकरण गर्न सडक सुरक्षा तथा सडक सुधार कार्यक्रम ल्याएको र दुर्घटना जोखिम न्युनिकरणका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पक्षलाई जागरुक बनाइरहेको समेत शर्माले भन्नु भयो । मानवीय कमी कमजोरीका कारण नै सडक दुर्घटना तथा विपत निम्तिरहेकाले हामी सबै सम्बन्धित पक्ष सजग हुन सकेमा विपत जोखिम कम गर्न सकिने प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ।