राम प्रसाद चौहान
बर्दिया,मंसिर ४

जंगली हात्तीबाट अन्न तथा खाद्यन्न बचाउन मधुवन नगरपालिकामा नवनिर्मित ‘हात्ती मेरो साथी सामुदायिक अन्न भण्डार’ को उद्घाटन गरिएको छ । नवनिर्मित सामुदायिक अन्न भण्डारको सोमबार लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।

मधुवन नगरपालिका–१ पत्थरबोझी र वडा नंम्बर ३ भगरैयामा सामुदायिक अन्न भण्डार निर्माण गरिएको छ । खाता करिडोरमा वन्यजन्तको आवागमन बढी छ । जंगली हात्तीले विगत देखि सर्वसाधारणले घरमा राखेको अन्न बाली खाने घर भत्काउने लगायतको हैरानी दिएको थियो ।

यो हैरानीबाट बचाउनको लागि सामुदायिक अन्न भण्डारको निर्माण गरिएको छ । हात्तीले खान नपाउने गरि अग्लो र पक्की बलियो संरचना निर्माण गरिएको छ । जुन भवनमा हात्ती प्रभावित समुदायका सर्वसाधारणले आफ्नो अन्नबाली तथा खाद्यन्न राख्न सक्नेछन् ।

आन्तरिक तथा बाह्य पर्यटनलाई जंगली जनावरलाई देखाएर हामीले आर्थिक लाभ लिईरहेको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताए । ‘जंगली जनावरले राम्रो पनि छ,’मन्त्री तिमिल्सिनाले भने,‘त्यसको साथसाथै जंगली जनावरबाट चुनौती पनि छ ।’ जंगली जनावर र समुदायको संरक्षणको लागि सरकारले धेरै खर्च गरेर जनशक्ति परिचालन गरेको मन्त्री तिमिल्सिनाले सुनाए ।

उज्यालो नेपालले निर्माण गरेको ‘हात्ती मेरो साथी सामुदायिक अन्न भण्डार’ले समाजमा पछि परेका समुहको लागि सकारात्मक सन्देश दिएको मन्त्री तिमिल्सिनाले बताए । ‘निर्माण गरिएको यस अन्न भण्डार भवनमा सुरक्षितसाथ आफ्नो अन्न राख्न सकिन्छ,’मन्त्री तिमिल्सिनाले भने,‘समुदायलाई हस्तान्तरण गरिएको अन्न भण्डार भवनको संरक्षण गर्नु हाम्रै दायित्व हो ।’

मधुवन नगरपालिका अन्र्तगत हात्ती मेरो साथी अभियान विगत तीन चार वर्ष देखि संचालन भईरहेको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताए । ‘समुदायमा परेको दुखको कसरी सहजीकरण गर्न सकिन्छ, त्यहि अनुसार काम गरिएको छ,’अध्यक्ष न्यौपानेले भने,‘यस ठाउँको समुदायको माग अनुसार नै अन्न भण्डारको निर्माण गरिएको हो ।’

वन्यजन्तुको कारणले निकै प्रभावित भएको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । ‘कतिपयको ज्यान गएको छ, कतिपय घाईत भएका छन् र कतिपयको अन्नबाली जंगली जनावरले खाएका छन्’नगर प्रमुख भाटले भने,‘पहिला त्यति क्षति भएको थिएन ।’ खाता करिडोर स्थापना पश्चात बढी क्षति भईरहेको सुनाए । समुदायको सुरक्षाको लागि केन्द्र र प्रदेश सरकारको सहकार्यमा स्थानीय सरकारले काम गर्ने नगर प्रमुख भाटले भनाई राखे ।

यस क्षेत्रबाट निर्वाचित हुँदैगर्दा माननिय तिमिल्सिनालाई मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरणका लागि केही सुझाव दिएको बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन रमेश थापाले बताए । ‘अहिले मन्त्री पनि हुनुभएको छ,’ पुर्व वार्डेन थापाले भने,‘मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरणमा आगामी दिनमा पनि उहाँले काम गर्ने विश्वास छ ।’
मधुवन नगरपालिका र जिएनएफको आर्थिक तथा आइयुसिएनको प्राविधिक सहयोगमा उज्यालो नेपालद्वारा संचालित परियोजना अन्र्तगत ‘हात्ती मेरो साथी सामुदायिक अन्न भण्डार’को निर्माण भएको छ ।

मधुवन नगरपालिका र उज्यालो नेपालको आर्थिक सहयोगमा अन्न भण्डारको निर्माण भएको छ । मधुवन नगरपालिका–१ पत्थरबोझी स्थित निर्माण भएको अन्न भण्डारको जम्मा लागत रु १३ लाख ३ हजार ९ सय ६९ रहेको छ । जसमा रु ९ लाख उज्यालो नेपालको, रु २ लाख ८७ हजार २ सय ६४ मधुवन नगरपालिकाको र रु १ लाख १६ हजार ७ सय ५ जनश्रमदान रहेको छ । त्यसैगरि मधुवन नगरपालिका–३ भगरैया स्थित निर्माण भएको अन्न भण्डारको जम्मा लागत रु १२ लाख ९९ हजार १ सय ५८ रहेको छ । रु ९ लाख उज्यालो नेपालको, रु ३ लाख मधुवन नगरपालिकाको र रु ९९ हजार १ सय ५८ जनश्रमदान रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

बर्दियामा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

बर्दियामा सशस्त्र प्रहरीले पक्राउ गरेका पटक जन्य डिस्पोज गरियो

सहकारी संस्था लिमिटेड गणेश बाबा शाखा द्वारा श्रद्धान्जली सभा तथा सुबिधा वितरण कार्यक्रम सम्पन्न

बर्दियामा नगदसहित ६ जुवाडी पक्राउ

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु


TOP