ए.बि.पि न्युज नेपाल
राम प्रसाद चौहान

बर्दिया,पौष ७
उपभोक्ताको लागि काठ आपुर्ति सहज बनाउने डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले बताएका छन् । डिभिजन वन कार्यालयले शुक्रबार आयोजना गरेको दिगो वन व्यवस्थापन तथा सम्बद्र्धन प्रणाली कार्यान्वय सुदृढीकरण सम्बन्धी अन्तरक्रिया गोष्ठीमा प्रमुख सुवेदीले यस्तो बताएका हुन् ।

चालु आर्थिक वर्षमा करिब चार लाख क्युफिट काठ उत्पादन गर्ने लक्ष्य रहेको प्रमुख सुुवेदीले सुनाए । ‘काठ उत्पादन नहुँदा सर्वसाधारणले नपाएको अवस्था थियो,’प्रमुख सुवेदीले भने,‘अब त्यो बाध्यता वन कार्यालयले हटाएको छ ।’ निवेदन दिएको सात दिनभित्र काठ उपलब्ध गराउने प्रमुख सुवेदीले जनाएका छन् ।

वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन अन्तर्गत नियमित कार्य भईरहेको छ । कार्ययोजना अनुसार काठ उत्पादनको लागि बुढो वा पाकेको रुख कटान भईरहेको प्रमुख सेवेदीले जनाए । कार्य योजना अनुसार रुख कटान भयो भने काठ आपुर्ति गराउन कठिनाई नहुने भनाई राखे ।

‘यस वर्ष ६ हजार हेक्टर कटान गर्ने कार्ययोजना छ,’अधिकृत सुवेदीले भने,‘जसमा ३ हजार देखि ४ हजार पाकेको बुढो रुख काट्ने तयारी छ ।’ ‘संघिय वन नियमावली २०७९ को नियम १५ मा वन व्यवस्थापन गर्दा वन सम्बद्र्धन प्रणाली अवलम्बन गर्ने व्यवस्था छ,’अधिकृत सुवेदीले भने,‘त्यसैगरि लुम्बिनी प्रदेशको वन ऐन नियममा वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्नु पर्ने व्यवस्था अनुसार अघि बढेका छौं ।’
वन सम्बद्र्धन प्रणालीमा पाकेको बुढो रुख काट्ने, काटेको ठाउँमा पुनः उमार्ने र उम्रेका बिरुवा हुर्काउने काम गरिन्छ । वन तथा वन्यजन्तु संरक्षण, वन व्यवस्थापन, वन विकास, वन पैदावार विक्रीवितरण तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका काम गरिरहेको छ ।

जिल्लामा १ सय ८२ सामुदायिक वन रहेको डिभिजन वन कार्यालयको रेकर्ड छ ।
वन कार्यालयले सह्रानिय काम गरिरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दिया अध्यक्ष निर्मल घिमिरेले बताए । वनले गरेको सकारात्मक कार्यमा संचारकर्मीको साथ सहयोग रहने धारणा अध्यक्ष घिमिरेले राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

बर्दियामा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

बर्दियामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

बर्दियामा सशस्त्र प्रहरीले पक्राउ गरेका पटक जन्य डिस्पोज गरियो

सहकारी संस्था लिमिटेड गणेश बाबा शाखा द्वारा श्रद्धान्जली सभा तथा सुबिधा वितरण कार्यक्रम सम्पन्न

बर्दियामा नगदसहित ६ जुवाडी पक्राउ


TOP