२-असोज/ दाङको तुलसीपुर उपमहानगरपालिका २ लौवस्तामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। आज बिहान करिब ९ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ गइरहेको रा ४ प ३०९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको रा ८ प ३८२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार चार जना घाइते मध्य एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका-२, कुमलगडि निवासी २४ वर्षिय मनोज चौधरी, तुलसीपुर उपमहानगरपालिका-९, बेलुवा निवासी २४ वर्षिय सन्जीव चौधरी, मोटरसाइकलको पछाडि सवार २२ वर्षिय दिल बहादुर चौधरी र अर्का मोटरसाइकल पछाडि सवार २४ वर्षिय कृष्ण चौधरी रहेका छन् ।

घाइतेहरूलाई तत्काल उपचारका लागि राप्ति प्रादेशिक अस्पताल, तुलसीपुरमा सामान्य उपचारपछि गम्भीर घाइतेलाई थप उपचारको लागि नेपालगन्जको नरसिंहहोम अस्पतालमा रिफर गरिएको छ।

यसैबिच, तुलसीपुर-७ स्थित खर्चवा स्कुल नजिकै सवारी दुर्घटना भएको छ। आज दिउँसो करिब सवा २ बजेतिर खर्चवाबाट तुलसीपुर बजारतर्फ जाँदै गरेको रा १ त १६०१ नम्बरको ट्याक्टरले पैदलयात्री सोनिया खत्रीलाई ठक्कर दिएको हो। जुम्ला तातोपानी-३ की स्थायी बासिन्दा हाल तुलसीपुर-७ खर्चवामा कोठा भाडामा बस्दै आएकी छिन् ।

सोनियालाई ट्याक्टरले ठक्कर दिँदा उनको बायाँ खुट्टा र कम्मरमा चोट लागेको छ। उनलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ

ट्याक्टरका चालक, तुलसीपुर-६ निवासी ५० वर्षीय लोकबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चौधरीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पुष्टि गरेको छ। ट्याक्टर हाल प्रहरीको नियन्त्रणमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।साभारsitalpuronline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

बर्दियामा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

बर्दियामा सशस्त्र प्रहरीले पक्राउ गरेका पटक जन्य डिस्पोज गरियो

सहकारी संस्था लिमिटेड गणेश बाबा शाखा द्वारा श्रद्धान्जली सभा तथा सुबिधा वितरण कार्यक्रम सम्पन्न

बर्दियामा नगदसहित ६ जुवाडी पक्राउ

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु


TOP