संजय आचार्य, असोज ४ गते

सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरुका लागि विस्तृत एच आई भी एड्स कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारी र प्रमुख सामुदायिक सरोकारवालाहरु संग समन्वयात्मक बैठक बर्दियाको गुलरियामा सोमवार सम्पन्न भएको छ।

ग्लोबल फण्ड को आर्थिक सहयोग सेभ द चिल्ड्रेनको साझेदारी र परिवर्तन समुहको आयोजनामा भएको कार्यक्रममा पछिल्लो अवस्थामा बर्दियामा लागूऔषधको प्रयोग तथा ओसार पसार रोक्नाका लागि सरकारी नियमन निकाय र विभिन्न संघ संस्थाहरुवाट विभिन्न प्रयास भइरहेका छन ।

खुला सिमानाका कारण पनि यस्ता किसिमका घटनाले प्रसय पाएको सरोकारवाला बताउँछन् । बर्दियामा लामो समयदेखि सुईद्वारा लागूऔषध प्रयोगकर्ताहरु मा हुने एचआईभी रोगको रोकथामका लागि परिवर्तन समूह ले काम गर्दै आएको छ ।।

लापरवाही तरीकाले सुइँक प्रयोग गर्नाले एचआईभी रोगको संक्रमण बढ्ने हुनाले संस्थाले यसको रोकथामका लागी संस्थाका कर्मचारीहरु फिल्ड मै गएर परामर्श दिने गरिएको संस्थाका कार्यक्रम अधिकृत कृष्ण बहादुर शाही ले बताउनु भएको छ।

शाहीले लागूऔषध सेवन कर्ता र छुटकारा पाउन नसकेका व्यक्तिहरुले समय र नियमित औषधिको व्यवस्थापन गर्न सके लागूऔषधबाट सहजै छुटकारा पाउन सकिने र आफ्नो सुन्दर भविश्य को निर्माण गर्ने सकिने बताउनु भयो ।

कार्यक्रममा लागूऔषध बारे जानकारी दिँदै यसको प्रयोग र दुरुपयोग बारे संस्थाका फिल्ड स्टाफ प्रशन्न ज्ञवाली ले कुलतमा रहेका व्यक्तिहरुलाई समाज तथा परिवारबाट राम्रो व्यवहार पाए उपचारबाट यो रोग निको हुने बताउनु भयो । पछिल्लो अवस्थामा लागूऔषद प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएको छ। खुला सिमानाका कारण सजिलै युवावर्ग भारततर्फ गई लागूऔषध सेवन गर्ने गरेको बताइन्छ ।

प्रहरी प्रशासनबाट कडा रुपमा चेक जाँच तथा निगरानी गरेतापनी कुनै न कुनै बहानामा प्रयोगकर्ताहरुले सेवन गर्ने गरेको स्वास्थ्य कार्यालय बर्दियाका निमित्त प्रमुख पदमा कुमारी श्रेष्ठले बताउनु भयो ।लागूऔषदको प्रयोगले व्यक्तिको शारीरिक, मानसिक , सामाजिक आर्थिक असरका साथै कानुनी झमेलामा पर्ने हुदाँ सबै जना सजक हुनु पर्ने स्वास्थ्य कार्यालय बर्दियाका ल्याब टेक्सीनीयन निरीक्षक जिवन रजौरेले बताउनु भयो। रजौरेले पछिल्लो अवस्थामा विद्यालय स्तरीय कार्यक्रम गर्नुपर्ने कुरामा जोड दिनु भयो।

समाजमा दिनहुुँ बढदै गइरहेको लागू पदार्थको बढदो प्रयोग तथा यसको असरले कैयौं युवाहरुले अकालमा ज्यान गुमाउनुका साथै कुलतमा परेकाहरु विभिन्न रोगको सिकार हुने गरेको सरोकारवाला बताउँछन । अभिमुखिकरण कार्यक्रममा, जिल्ला प्रहरी कार्यालय वर्दियाका प्रतिनिधी , वर्दिया अस्पतालका कर्मचारी ,लागु औषध तथा एच आई भि सम्बन्धि काम गर्ने प्रतीनिधीका साथै सरोकारवालाहरुको उपस्तिथी रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

बर्दियामा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

बर्दियामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

बर्दियामा सशस्त्र प्रहरीले पक्राउ गरेका पटक जन्य डिस्पोज गरियो

सहकारी संस्था लिमिटेड गणेश बाबा शाखा द्वारा श्रद्धान्जली सभा तथा सुबिधा वितरण कार्यक्रम सम्पन्न

बर्दियामा नगदसहित ६ जुवाडी पक्राउ


TOP