राम प्रसाद चौहान
बर्दिया,असोज २१
मस्तिष्क पक्षाघात प्रभावित (अशक्त)बालिकालाई मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल बर्दियाले सम्मानित गरेको छ । २४औं विश्व मस्तिष्क पक्षाघात दिवसको अवसरमा आइतबार पक्षाघात स्वावलम्बन समूह बर्दियाले गुलरिया नगरपालिका–९ की प्रितम चौधरीलाई सम्मानित गरेको हो । प्रितम चौधरी मस्तिष्क पक्षाघात प्रभावित शारीरिक रुपमा अशक्त छिन् । बोली स्पष्ट नभएको र शारीरिक रुपमा अशक्त प्रितमले पढाईमा भने अब्बल सावित भएकी छन् ।

गुलरिया नगरपालिका–१० नेरा मावि प्रयागपुरबाट गत एसईईमा राम्रो अंक ल्याई उत्तिर्ण भएकी प्रितम एक्ली विद्यार्थी हुन् । नेरा मावि प्रयाकपुरबाट गत एसइइको परीक्षामा ६७ विद्यार्थी सहभागिता जनाएका थिए । जसमध्ये शारीरिक रुपमा अशक्त बालिका प्रितम चौधरी मात्र उत्तिर्ण भएकी थिईन् । विश्व मस्तिष्क दिवसको अवसरमा प्रितम चौधरीलाई शैक्षिक सामाग्री र खादा लगाएर सम्मानित गरिएको छ ।

आफु अशक्त हुँदा शिक्षकले ख्याल नगरेपनि मस्तिष्क पक्षाघात स्वावलम्बन समूह बर्दियाले संचालन गरेको डे कियर सेन्टर(दिवा स्याहार कक्ष)को सहयोगले पढाईमा उर्जा मिलेको प्रितम चौधरीले सुनाईन् । ‘एसइइको रिजल्ट नआउँदासम्म पास हुन्छु की फेल धेरै चिन्ता थियो,’चौधरीले भनिन्,‘रिजल्ट आउँदा पास भएको खबरले धेरै खुसी भए ।’

मस्तिष्क पक्षाघात प्रभावित अशक्त बालबालिकाको खोजी गरि चौतर्फी विकासको लागि दश वर्ष देखि निरन्तर खटिरहेको मस्तिष्क पक्षाघात स्वावलम्बन समूह बर्दियाकी कार्यक्रम संयोजक निरमा चौधरीले बताईन् । ‘मस्तिष्क पक्षाघात रोग होइन, यो एउटा अवस्था हो,’संयोजक चौधरीले भनिन्,‘समयमा ख्याल ग¥र्यो भने सुधार हुन सक्छ ।’ बर्दियामा तीन ठाउँमा डे कियर सेन्टर संचालनमा छन् ।

मस्तिष्क पक्षाघात शारीरिक र मानसिक रुपमा अशक्त भएका बालबालिकाले सेवा लिईरहेका छन् । गुलरिया नगरपालिका–१० प्रयागपुर विद्यालयमा १२, बढैयाताल गाउँपालिका–८ सेवा केन्द्रमा १५ र बाँसगढी नगरपालिका–९ विश्वज्योति आविमा १० जना बालबालिका सेवा लिईरहेका छन् । त्यसैगरि फिल्डमा गएर पनि यस्ता बालबालिकालाई सेवा दिईरहेको कार्यक्रम संयोजक चौधरीले जनाईन् ।

‘जिल्लाभरि मस्तिष्क पक्षाघातका ३ सय बालबालिकालाई हामीसंग जोडिएका छन्,’संयोजक चौधरीले भनिन्,‘हाम्रो सम्पर्कमा आएका यस्ता बालबालिका फिजियो थेरापी, साङ्केतिक भाषा सिकाउन प्रोत्साहन, शिक्षा, अपांङ कार्ड बनाउन सहयोग, दैनिक रुपमा गर्ने क्रियाकलाप सिकाउने र अभिभावकलाई परामर्श दिईरहेका छौं ।’ अति विपन्न परिवारको आर्थिक स्थिती सुधारको लागि यस वर्ष २० हजार बराबरको ६ परिवारलाई बाख्रा बङ्गुरपालको लागि सहयोगसमेत गरेका छौं ।
मेरो बच्चा अशक्त छ भनेर अभिभावकलाई तनाव नलिन गुलरिया नगरपालिका शिक्षा शाखाका प्रमुख सतिस कुमार यादवले बताए ।

अशक्त बच्चालाई समाजमा कसरी घुलमिल गराउने अभिभावकले विशेष ध्यान दिनुपर्छ,’प्रमुख यादवले भने,‘अशक्त बालबालिकाको शिक्षा स्वास्थ्यलगायत चौतर्फी विकासको लागि हामीले तीन तहकै सरकारको ध्यान केन्द्रित गर्नुपर्छ ।’ २४औं विश्व मस्तिष्क पक्षाघात विश्व दिवसको अवसरमा आइतबार गुलरियामा ¥याली निकालिएको थियो । ¥यालीमा मस्तिष्क पक्षाघात प्रभावित बालबालिका तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

बर्दियामा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

बर्दियामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

बर्दियामा सशस्त्र प्रहरीले पक्राउ गरेका पटक जन्य डिस्पोज गरियो

सहकारी संस्था लिमिटेड गणेश बाबा शाखा द्वारा श्रद्धान्जली सभा तथा सुबिधा वितरण कार्यक्रम सम्पन्न

बर्दियामा नगदसहित ६ जुवाडी पक्राउ


TOP