बर्दिया, कार्तिक १५ गते / सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटर बर्दियाको प्राङ्गणमा निषेधित सामाग्री आतिवसवाजी पटाका नष्ट गरिएको छ । बर्दिया सशस्त्र प्रहरी नेपाल नं. ३१ गण तथा मातहतका युनिटहरुबाट सिमा ईलाकामा डिउटीमा खटिएको टोलिले भारतबाट लुकिछिपी नेपाल तर्फ ल्याउदै गरेका आतिसवाजी पटाका नियन्त्रणमा लिइएको थियो ।
नेपालमा विक्रि वितरणका लागि प्रतिबन्धित पटाकाहरु खाल्डो खनेर अन्दाजी मुल्य रु. १ लाख ३ हजार १ सय रुपैया बराबरको सामाग्री नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नं. गणका गणपति चित्राङ्ग दाहालले जानकारी दिनु भएको छ ।
विहिवार नेपाल पत्रकार महासंघका अध्यक्ष यादव प्रसाद आचार्य तथा संचारकर्मीहरुको रोहवरमा सशस्त्र प्रहरी बल ३१ नं हेड क्वाटर बर्दियाले पटाकाहरु गणको परिसर भित्र खाल्डो खनेर पानी हाली डिस्पोज गरिएको हो ।
सरकारले पटाका विक्री वितरण र प्रयोगमा रोक लगाएपछि सशस्त्र प्रहरी बलले विभिन्न ५ ठाउमा चेकजाँच गरेर पटाका बरामद गरेको हो । बर्दियाबाट भित्रिने पटाकाहरु राजधानी लगाएत पहाडी बजारहरु सम्म पुग्ने गरेकाले यसपटक प्रहरीले राजमार्गहरुमा समेत चेकजाँच थालेको छ ।
- दशैपछि र छठसम्म करिब २० दिन हुने पटाका ब्यापारबाट बर्दिया सिमावर्ती बजारहरुमा लाखौैको कारोबार हुने गरेको छ । सुरक्षाकर्मीहरुले तदरुकताका साथ काम गरिरहेका कारण गत बर्षहरुको तुलनामा यसपटक बर्दियामा पटाका जन्य बस्तुहरु कम पटिएको स्थानीयहरुले बताएका छन् ।