बर्दियाको गुलरियामा आज कार्तिक १५ गते नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा “लुम्बिनी प्रदेशको एसइइ नतिजा एकदमै जीर्ण रहेको मन्त्री तिमिल्सिनाले बताए । ‘अहिलेको स्थीतिलाई कसरी सपार्ने र शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने मेरो पहिलो प्राथमिकता हुन्छ,’मन्त्री तिमिल्सिनाले भने,‘शिक्षाको गुणस्तरमा वृद्धि, व्यवसायीक शिक्षा र शिक्षालाई प्राविधिक संग जोड्न सकेनौं भने समाज रुपान्तरण गर्न सकिदैन ।’ अहिलेको प्रविधि अन्तर्राष्ट्रिय प्रविधि संग मेल खाने हुनुपर्छ उनले भने । तर, त्यो अवस्थामा हामी छैनौ, त्यसकारण शिक्षा ऐन संशोधन गरेर हुन्छ कि कसरी हुन्छ ध्यान दिन जरुरी रहेको मन्त्री तिमिल्सिनाले जिकिर गरे ।
मन्त्री भए लगत्तै गृह जिल्ला आएका मन्त्री तिमिल्सिनाले सामाजिक विकास मन्त्रालयको सिमित स्रोत साधनले शिर निउँराउने काम नगर्ने उनले भने ।
लुम्बिनी प्रदेश शिक्षा मन्त्रालयमा धेरै विकृति देखिएको सुनाए । ‘लुम्बिनी प्रदेशमा जम्मा ४ हजार ७ सय बढि विद्यालय छन्,’मन्त्री तिमिल्सिनाले भने,‘ प्रदेश संरचना तयार भएको सात वर्ष भयो तर २ हजार ८ सय ४ विद्यालयले अहिलेसम्म प्रदेश सरकार रहेको आभास हुने गरि एक रुपियाँको सहयोग पाएका छैनन् मन्त्री तिमिल्सिनाले भने । ती विद्यालयहरु जिर्ण छन् कि, विद्यार्थी छन् कि छैनन्, संचालनको अवस्थामा छन् कि छैनन् यस बिषयमा पहिलो प्राथमिकताका खोजी नीति गर्ने मन्त्री तिमिल्सिनाले सुनाए । आवश्यक छ भने त्यसका लागि बजेट व्यवस्थापन गर्नु हाम्रो दायित्व हो उनले भने । त्यसै गरि विपन्न वर्गलाई प्राथमिकता राखेर प्रदेशमा स्वयमसेवक परिचालन गर्दै पहिलो निर्णय गरेको समेत मन्त्री तिमिल्सिनाले जानकारी दिए ।
जन्मजय तिमिल्सिना बर्दिया क्षेत्र नं २ क बाट बिजयी भएका थिए ।
जिल्लामा लागु औषधको बिगबिगी रहेको छ र लागु औषध प्रयोगकर्ताको न्युनिकरणका लागि जिल्लाका हरेक विद्यालयमा विशेष किसिमको सचेतनामुलक कार्यक्रम राख्न मन्त्री तिमिल्सिनालाई प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष दीपकलाल श्रेष्ठले आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य , प्रेस चौतारी बर्दियाका ऋषिराम काफ्ले, नेपाल प्रेस सेन्टरका केन्द्रीय सदस्य मेघराज सिग्देल, लगायत जिल्लामा कृयासिल पत्रकारहरुको उपस्थिति रहेको थियो