ए.बि.पि न्युज नेपाल
राम प्रसाद चौहान

बर्दिया,मंसिर २१
शिक्षा क्षेत्रमा राजनीतिकरण नगर्न लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताएका छन् । लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेद्वारा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् । कसको पालामा के बन्यो, के बनेन त्यतातिर गयौं भने शिक्षा क्षेत्र झन् बिग्रिने मन्त्री तिमिल्सिनाले बताए ।

‘गत एसईईको नतिजा कमजोर आएको छ,’मन्त्री तिमिल्सिनाले भने,‘यसलाई सुधार्न शिक्षक महासंघलगायत सम्बन्धित निकायसंग समन्वय गर्दै छु ।’ एसइइको राम्रो नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक र शून्य नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापकलाई एक ठाउँमा राखेर व्यापक छलफल चलाउने तयारी रहेको मन्त्री तिमिल्सिनाले सुनाए ।

बर्दियाका कुनै पनि विद्यालयलाई राजनीतिक पुर्वग्राही हिसाबले बजेट निर्माण नगरेको मन्त्रीले दावी गरे । ‘शिक्षा क्षेत्रलाई सुधार्न आफुले समानुपातिक तरिकाले बजेट बाडफाड गरेको छु,’मन्त्री तिमिल्सिनाले भने,‘समाज निर्माण गर्दा सामुहिक भावनाले अघि बढे मात्र समाजलाई रुपान्तरण गर्न सकिन्छ ।

’ यदि नातागोता र परिवारलाई बलियो बनाउने हो भने व्यवसाय गरौं, शिक्षा क्षेत्रलाई राजनीतिको थलो नबनाउन मन्त्री तिमिल्सिनाले आग्रह गरे ।
युवाहरु विदेशिने क्रम ह्वातै बढेको छ । अब क्वालिटी एजुकेशन निर्माण गर्न सकेनौ भने झन् समस्या सिर्जना हुने स्थिती छ ।

यो विश्व विद्यालय हामीले चलाउने र विद्यार्थीको भविष्य निर्माणको लागि हामी नै जिम्मेवारी निभाउने हो । शिक्षा क्षेत्रलाई बलियो बनाएर विद्यार्थीको भविष्य निर्माण गर्न अभिभावक, शिक्षक, राजनीतिक दलका नेता सबैले साथ र सहयोग चाहिएको मन्त्री तिमिल्सिनाले भनाई राखे ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमलगायत जिल्लाका शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

बर्दियामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

बर्दियामा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

बर्दियामा सशस्त्र प्रहरीले पक्राउ गरेका पटक जन्य डिस्पोज गरियो

सहकारी संस्था लिमिटेड गणेश बाबा शाखा द्वारा श्रद्धान्जली सभा तथा सुबिधा वितरण कार्यक्रम सम्पन्न

बर्दियामा नगदसहित ६ जुवाडी पक्राउ


TOP