राम प्रसाद चौहान
बर्दिया,भाद्र २५
नेपाली काँग्रेस एकजुट भएर अघि बढ्न जरुरी रहेको नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका मन्त्री बादशाह कुर्मीले बताएका छन् । जननायक वीपी कोइरालाको १११औं जन्म जयन्तीको अवसरमा सोमबार नेपाली काँग्रेस जिल्ला कार्य समिति बर्दियाद्वारा आयोजित ‘नेपाली काँग्रेस र अबको कार्यदिशा’ विषयक विचार गोष्ठीमा मन्त्री कुर्मीले यस्तो बताएका हुन् ।

अब काँग्रेस सचेत हुनुपर्ने मन्त्री कुर्मीले बताए । ‘अरु पार्टी फुटेर वा कमजोर भएर देशमा समस्या हुदैन,’मन्त्री कुर्मीले भने,‘तर नेपाली काँग्रेस जुन दिन कमजोर हुन्छ, त्यो दिन हामीले आन्दोलनबाट प्राप्त गरेको उपलब्धीहरु गुमाउनु पर्ने स्थितीमा पुग्यो भन्ने बुझ्नुपर्छ ।’ यदि हामी समयमा सचेत भएनौं भने हाम्रो अन्तरिक द्वन्द्वले गर्दा सबै उपलब्धी गुमाउनुपर्ने हुन्छ । जसले गर्दा नेपाली काँग्रेस एकजुट भएर अघि बढ्न सक्यो भने देश विकास गर्न काँग्रेसमा लागेका साथीहरुलाई समस्या नहुने मन्त्री कुर्मीले सुनाए ।

अहिले राष्ट्रवादी पार्टी भन्नेले त्यो बेला जनमत संग्रहमा अवरोध पु¥याएका थिए,’मन्त्री कर्मीले भने,‘तर स्वर्गिय नेता विपीले कहिले हार मानेनन् ।’ विपीले नेपाली काँग्रेसको बलमा विस २०३६ सालमा जनमत संग्रह गराएका थिए । जनमत संग्रपछि पनि स्वर्गिय नेता विपीले मोमेन्ट गराइरहे । विस २०३८ सालमा उहाँको अवासान भएपछि काँग्रेस पार्टीका स्वर्गिय विपी श्रेय नेता बनेको मन्त्री कुर्मीले सुनाए । स्वर्गिय नेता विपीले प्रतिपादन गरेका सिदान्तहरु हामीले कसरी लागु गर्न सक्छौ ।


नेपाली काँग्रेसको संगठनलाई सुदृढ गर्न सकेनौं भने काँग्रेसको अवस्था के हुन्छ । यस पार्टीमा लाग्ने साथीहरुको अवस्था के हुन्छ । त्यसकारण पार्टी भित्र झगडा गर्नु भन्दा पनि नेपाली काँग्रेसलाई कसरी सुदृढ गर्ने ध्यान दिन जरुरी छ । सबै साथीहरुले अवसार पाउनेछन् । हामी एकआपसमा लड्नु भन्दा जनता र पार्टीको काम गर्नुपर्छ । पार्टीको सिदान्तलाई जनता माँझ लैजानुपर्छ । त्यसपछि मात्र हामी अघि बढ्न सक्ने मन्त्रीले कुर्मीले कार्यकर्तालाई विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

बर्दियामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

बर्दियामा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

बर्दियामा सशस्त्र प्रहरीले पक्राउ गरेका पटक जन्य डिस्पोज गरियो

सहकारी संस्था लिमिटेड गणेश बाबा शाखा द्वारा श्रद्धान्जली सभा तथा सुबिधा वितरण कार्यक्रम सम्पन्न

बर्दियामा नगदसहित ६ जुवाडी पक्राउ


TOP